पिपुल्स हाइड्रोपावरले अर्को साताबाट आईपीओ निष्कासन गर्ने, १ लाख कित्तासम्म भर्न सकिने




काठमाडौं । पिपुल्स हाइड्रोपावर कम्पनीले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ ।

कम्पनीले कात्तिक २५ गतेदेखि प्रतिकित्ता एक सय रुपैयाँका दरले ५६ लाख ६ हजार ३९० कित्तामा आयोजना प्रभावित स्थानीयलाई बिक्री गरि बाँकी रहेको ८ लाख ६ हजार ३९० कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

जसमा २ लाख ८० हजार ३२० कित्ता सामुहीक लगानी कोष, १ लाख ६८ हजार १९० कित्ता कम्पनीका कर्मचारी र बाँकी रहेको ५१ लाख ५७ हजार ८८० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लगेको छ । आईपीओमा कात्तिक २९ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा मंसिर ९ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धक सानिमा क्यापिटल रहेको छ । आईपीओमा बिक्री प्रबन्धकका साथै सि–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ ।


क्लिकमान्डु