इस्टर्न हाइड्रोपावरको आईपीओ बाँडफाँट, ६२ हजार ५१९ जना बने मालामाल



काठमाडौं । इस्टर्न हाइड्रोपावर कम्पनीको साधारण सेयर ( आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिने मध्ये ६२ हजार ५१९ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । आईपीओमा १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले एक अर्ब ५७ करोड १८ लाख ४७ हजार रूपैयाँ एक करोड ५७ लाख १८ हजार ४ सय ७० कित्ताका लागि आवेदन दिएका थिए । आवेदन दिने मध्ये १ हजार ९ सय २६ आवेदकबाट २६ हजार ४९० कित्ताको आवेदन रद्द भएको छ ।

कम्पनीले असोज २८ देखि कात्तिक २ गतेसम्मका लागि ६ लाख ७० हजार ३१० कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमा ३३ हजार ५१५ कित्ता सामूहिक लगानी कोष र १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो ।

आईपीओको नतिजा बिक्री प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट, इस्टर्न हाइड्रोपावरको वेबसाइटर सिडिएससीले आइपीओ नतिजा हेर्न बनाएको वेबसाइट र मेरो सेयरबाट पनि थाहा पाउन सकिन्छ ।


क्लिकमान्डु