राष्ट्र बैंककी डेपुटी गर्भनर सम्मानित



काठमाडौं । नेपाल राष्ट्र बैंककी डेपुटी गर्भनर डा. निलम ढुङ्गाना तिम्सिना सम्मानित भएकी छन् ।

फोकस नेपाल नगमक संस्थाले दिपावलीको अवसरमा शनिबार आयोजना गरेको ‘वृहत् सांस्कृतिक कार्यक्रम तथा सम्मान’ कार्यक्रममा उनलाई उपपराष्ट्रपति नन्दबहादुर पुन, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङ, नेपाली सेनाका पूर्वप्रधानसेनापति राजेन्द्र क्षेत्रीलगायतले सम्मान गरे ।

ढुङ्गानाले विगत लामो समयदेखि वरिष्ठ आर्थिक व्यवस्थापक तथा विभिन्न आर्थिक क्षेत्र अन्तर्गत राष्ट्र बैंकको प्रथम डेपुटी गर्भनरजस्तो महत्वपूर्ण र ऐतिहासिक जिम्मेवारीमार्फत राष्ट्र र समाजलाई योगदान पुर्याएको भन्दै सम्मान गरिएको फोकस नेपालको अध्यक्ष रामचन्द्र पोखरेलले बताए ।


क्लिकमान्डु