अर्ब क्लबमा प्रवेश गरेको कुमारी बैंकको नाफा ८५%ले बढ्यो



काठमाडौं । चालु आर्थिक वर्षको तीन महिनामा कुमारी बैैंकको नाफा ८५.०७ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षको तीन महिनामा बैंकले ५४ करोड ११ लाख १९ हजार रुपैयाँ नाफा आर्जन गरेकामा चालु आवको सोही अवधिमा नाफा ८५.०७ प्रतिशतले बढेर १ अर्ब १४ लाख ५९ हजार रुपैयाँ पुगेको छ । बैंकको नाफा बढेसँगै अर्बपति क्लबमा प्रवेश गरेको छ ।

यो अवधिमा बैंकको बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ । असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी १ अर्ब ९७ करोड २२ लाख ६१ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब २८ करोड ६९ लाख ३३ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा पनि ७६ करोड ९४ लाख ८३ हजार रुपैयाँबाट बढेर १ अर्ब ४३ करोड १३ लाख ४४ हजार रुपैयाँ पुगेको छ । १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब २ करोड ९८ लाअ ६२ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ७३ अर्ब ९७ करोड ६५ लाख २२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५५ अर्ब ८२ करोड ७ लाख २३ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.८२ प्रतिशतबाट बढेर १.२८ प्रतिशत पुगेको छ । २७ रुपैयाँ २३ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ३६ पैसा रहेको छ ।


क्लिकमान्डु