नेपालमा ‌कोरोनाको नयाँ भेरियन्ट भेटियो, सचेत रहन स्वास्थ्य मन्त्रालयको आग्रह

399
Shares

काठमाडौं । नेपालमा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा ओमिक्रोनको सवभेरियन्ट फेला परेको जनाएको हो ।

साउन २१ देखि आश्विक १४ गतेसम्म कोभिड १९ को विभिन्न उमेर समूहका व्यक्तिहरुबाट संकलिन नमूनाहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनोट गरी केही नमूनाहरुको जिनोमिक पहिचान गर्दा ओमिक्रोनको सवभेरियन्ट ‘एक्सबीबी’ पहिलोपटक पहिचान भएको मन्त्रालयले जनाएको छ ।

यो भेरियन्ट हाल विभिन्न देशहरुमा फैलिरहेको र कोभिडको संक्रमण बढेको देखिएको छ ।

मन्त्रालयले दिपावली तथा छठ जस्ता चाडपर्वको समयमा जमघट बढी हुने भएकाले कोभिड १९ तिव्र गतिमा फेलिने सम्भावना उच्च रहेकोले जनस्वास्थ्यको मापदण्ड पालना गर्न अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य संगठनले गत बुधबार दिएको जानकारी अनुसार एक्सबीबी भेरियन्ट विश्वका २६ देशमा फैलिएको छ ।

पछिल्लो ३० दिनमा सिंगापुर, भारत बंगलादेश अमेरिका अस्ट्रेलिया डेनमार्क लगायत युरोप र एशियाली देशमा समेत यो भेरियन्ट तिव्रगतिमा फैलिइरहेको संगठनले जनाएको छ ।