नेपाल–चीन सीमा केन्द्रबिन्दु भएर भूकम्प



काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको उत्तरी क्षेत्र नेपाल–चीन सीमाना केन्द्रबिन्दु भएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज दिउँसो ३ बजेर ७ मिनेट जाँदा ५.९ रेक्टरस्केलको भूकम्प मापन गरिएको हो ।

केन्द्रका भूकम्पविद् डा मुकुन्द भट्टराईले भूकम्पको केन्द्रविन्दु नेपाल–चीन सिमाना रहेको बताए । उक्त भूकम्पको धक्का सिन्धुपाल्चोक, दोलखा, नुवाकोट, रसुवा, राजधानी काठमाडौँ र धादिङलगायतका स्थानमा महसुस गरिएको थियो ।


क्लिकमान्डु