सेयर बजारमा सामान्य गिरावट, नबिल बैंकको धेरै रकमको कारोबार



काठमाडौं । सेयर बजारमा सामान्य गिरावट आएको छ । बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ ।
बजार मापन गर्ने सूचक २.६१ अंकले घटेर परिसूचक १८५८.३३ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.२० अंकले बढेर ३६५.६२ बिन्दुमा रोकिएको छ । २१९ कम्पनीको १६ लाख ३१ हजार ३४९ कित्ता सेयर ५१ करोड ५८ लाख १८ हजार ९९० रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको १.५२, होटल तथा पर्यटन १०.३७, निर्जीबन बीमा १२.७७, अन्य ४.६७, ट्रेडिङ समूहको उपसूचक १.६५ अंकले बढेको छ । यस्तै विकास बैंक २७.४८, वित्त कम्पनी १७.१३, जलविद्युत १४.१८, जीवन बीमा २६.१६, माइक्रोफाइनान्स समूहको उपसूचक ६.०२ अंकले घटेको छ ।

कारोबारमा अभियान लघुवित्त वित्तीय संस्था र सयपत्री हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यस्तै पिपुल्स पावर कम्पनीको कारोबारमा भने नकारात्मक सर्किट लागेको छ ।

यो दिन कारोबार रकमका आधारमा नबिल बैंक अग्रस्थानमा रहेको छ । बैंकको २ करोड ७९ लाख १९ हजार २१५ रुपैयाँको सेयर किनबेच भएको छ ।

दोस्रो र तेस्रो स्थानमा रहेका प्रभु बैंक र रिडी पावर कम्पनीको क्रमशः २ करोड ६१ लाख ७ हजार ५२८ रुपैयाँ र २ करोड २६ लाख ९९ हजार ८०३ रुपैयाँको सेयर किनबेच भएको छ ।


क्लिकमान्डु