भदौमा ७२२ सवारी साधनलाई कारबाही, ७ लाख बढी राजस्व संकलन



काठमाडौं । यातायात व्यवस्था विभागले भदौ महिनामा ७२२ सवारी साधनलाई कारबाही गर्दा ७ लाख ३२ हजार १५० रुपैयाँ राजस्व संकलन गरेको छ ।

विभागले सिल्टवेल्ट नबाँध्ने, हेल्मेट बिना सवारी चलाउने, मोबाइल फोन प्रयोग गरी सवारी चलाउने लगायत सवारी नियमको उल्लंघन गर्नेहरुलाई कारबाही गरेको जनाएको छ । विभागकाअनुसार यसरी कारबाही पर्नेमा सबैभन्दा धेरै सिटवेल्ट नबाँधी र बिना हेल्मेट सवारी चलाउनेहरु रहेका छन् । नियम उल्लंघन गर्नेमा ३७१ जना रहेको विभागले जनाएको छ ।

त्यस्तै, प्रदुषण स्टिकर नभएको वा म्याद समाप्त भएको ५१ वटा, साथमा कागजात नभएका १० वटा, जथाभावी यात्रु चढाउने झार्ने तथा पैदलयात्रीले आवत जावत गर्ने स्थानमा सवारी रोकि यात्रु चढाउने ८४ वटा, नयाँ भाडा लिस्ट नराख्ने, टिकट नदिएको र बढि यात्रु राखेका ६४ वटा, ढोका खुल्ला राखी सवारी चलाउने २३ वटा सवारी साधनहरुलाई कारबाही गरिएको जनाएको छ । विभिन्न सवारी नियमहरुको उल्लंघन गर्ने ७२२ वटा सवारी साधन कारबाहीमा परेका हुन् ।


क्लिकमान्डु