निर्वाचन आयोगले भन्यो- २५ प्रतिशत मत खस्यो



काठमाडौं । दोस्रो चरणको स्थानीय निर्वाचन अन्तर्गत प्रदेश नम्बर १, ५ र ७ का ३३४ स्थानीय तहमा शान्तिपूर्ण एवं उत्साहजनकरुपमा मतदान भइरहेको छ ।

विहान ७ बजेबाट मतदान सुरु भएको हो । बिहान १० बजेसम्म करिव २५ प्रतिशत मत खसेको प्रारम्भिक जानकारी प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगकाअनुसार ८३६४ मतदान केन्द्रमध्ये केही केन्द्रमा वर्षातको कारणले मतदान सुरु हुन केही ढिलाई भएको थियो । बाँकी सबै मतदान केन्द्रमा मतदान भइरहेको छ ।

दोस्रो चरणमा १ महानगरपालिका, ७ उपमहानगरपालिका, १११ नगरपालिका, २१५ गाँउपालिकामा गरी १५ हजार ३८ प्रतिनिधिहरु निर्वाचित हुनेछन् । मतदान कार्य अपरान्ह ५ बजेसम्म जारी रहने छ ।


पुष्प दुलाल