उपत्यकाभित्रका सार्वजनिक भवन तथा जग्गाको कागजात बुझाउन निर्देशन



काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकाभित्र सार्वजनिक रूपमा प्रयोग भइरहेका भवन तथा जग्गाको नाप–नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको छ ।

प्राधिकरणले सूचना जारी गर्दै उपत्यकाभित्र सार्वजनिक रूपमा प्रयोग भइरहेका भवन तथा जग्गा धनीहरुलाई ७ दिनभित्र नाप–नक्सालगायत कागजात बुझाउन निर्देशन दिएको हो ।

‘काठमाडौं उपत्यकालाई व्यवस्थित गर्ने उद्देश्यका साथ शहरीकरणको विषयमा मापदण्ड तय गर्ने र त्यसको कार्यान्वयन भए नभएको विष्यामा निरीक्षण गर्ने, निषेध गर्ने र नियन्त्रणसमेत गर्ने अधिकार प्राधिकरणलाई छ,’ जारी सूचनामा उल्लेख छ, ‘काठमाडौं उपत्यकाभित्रका सम्पूर्ण व्यापारिक भवन, संयुक्त आवास, सामूहिक आवास, सम्पूर्ण शिक्षण संस्था एवं स्वास्थ्य संस्थालगायतका सार्वजनिक प्रयोग भइरहेका भवनका सम्बन्धित व्यक्तिहरुले नाप–नक्सालगायतका कागजातसहित ७ दिनभित्र प्राधिकरणलाई उपलब्ध गराउनु हुन अनुरोध गर्दैछौं ।’


क्लिकमान्डु