दशैंको असरः एक सातामै बैंकको निक्षेप ८ अर्बले घट्दा कर्जा प्रवाह पौने ५ अर्बले कम



काठमाडौं । दशैंको अवधिमा बैंकिङ प्रणालीमा निक्षेप घट्नुका साथै कर्जा लगानी पनि घटेको छ ।

नेपाल बैंकर्स संघका अनुसार असोज १४ देखि २१ गतेसम्म बैंकिङ प्रणालीमा निक्षेप ७ अर्ब ९८ करोड रुपैयाँले घटेको छ ।
असोज १४ गतेसम्म बैंकिङ प्रणालीमा ४५ खर्ब १८ अर्ब ९५ करोड रुपैयाँ निक्षेप रहेकामा २१ गतेसम्म आइपुग्दा ७ अर्ब ९८ करोड रुपैयाँले घटेर ४५ खर्ब १० अर्ब ९७ करोड रुपैयाँमा सिमित बनेको छ ।

चाडपर्वको अवसरमा निक्षेप संकलन मात्रै नघटेर कर्जा प्रवाह पनि घटेको छ । एक साताको अवधिमा ४ अर्ब ७२ करोड रुपैयाँले घटेको छ । असोज दोस्रो साता बैंकहरुले ४१ खर्ब ९७ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेकामा तेस्रो सातामा आइपुग्दा ४ अर्ब ७२ करोड रुपैयाँले घटेर ४१ खर्ब ९३ अर्ब रुपैयाँमा सिमित भएको छ ।

संघका अनुसार २१ गतेसम्म बैंकहरुको कर्जा–निक्षेप अनुपात (सिडी) रेसियो ८७.२५ प्रतिशत रहेको छ ।


क्लिकमान्डु