पहिलो पटक जनप्रतिनिधि चुन्दै थवाङका मतदाता




काठमाडौं । थवाङका मतदाताले पहिलो पटक जनप्रतिनिधि चुन्ने भएका छन् । यस अघिका चुनाव बहिष्कार गर्दै आएका थवाङका मतदाता स्थानीय तहको निर्वाचनमा जनप्रतिनिधि चुन्न आतुर छन् ।

थवाङका मतदाताले २०३८, २०५१, २०५४, २०५६, २०६४ र २०७० को चुनाव बहिष्कार गरेका थिए । यस पटक भने थवाङका मतदाताले जनप्रतिनिधि चुन्ने भएका छन् । मताधिकारको प्रयोगबाट जनप्रतिनिधि ल्याउन थवाङ बासी निकै आतुर छन् ।


पुष्प दुलाल