सानिमा बैंकको दशैं र तिहारमा विशेष छुटको योजना



काठमाडौं । नेपालीहरुको महान चाड वडा दशैं र तिहारको अवसरमा, सानिमा मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरी क्यूआर कोडमार्फत् भुक्तानी गर्ने ग्राहकहरुलाई १० प्रतिशत वा अधिकतम १०० रुपैयाँसम्मको छुट प्रदान गर्ने भएको छ ।

यो योजना २०७९ आश्विन १६ देखि २२ गते र कार्तिक ७ देखि १२ गतेसम्म फोनपे मर्चेन्टहरुमा मात्र लागू हुनेछ ।

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ ।


क्लिकमान्डु