जगदम्बा मोटर्सको ३ नयाँ शोरुम उद्घाटन



काठमाडौं । नेपालका लागि टिभिएसको आधिकारिक वितरक कम्पनी जगदम्बा मोटर्सले थप ३ शोरुमको उद्घाटन गरेको छ ।

विजया दशमीको पहिलो दिन घटस्थापनाको अवसरमा काठमाडौंको कपन, नवलपरासीको परासी र दाङको घोराहीमा शोरुमको उद्घाटन गरिएको हो ।

लुम्बिनी प्रदेशका प्रदेश सभा सदस्य दिपेन्द्रकुमार अधिकारीले परासीको बर्दाघाटमा फुटप्रिन्ट अटो हब प्रालि, बूढानीलकण्ठ नगरपालिकाका मेयर मिठाराम अधिकारीले काठमाडौंको कपनमा यु आर मोटर्स एन्टरप्राइज प्राली र जिल्ला उद्योग बाणिज्य संघ घोराहीका अध्यक्ष टंक बुढाथोकीले दाङ्गको घोराहीमा नेबेल ट्रेडिङ्ग गरि ३ शोरुम एकै दिन उद्घाटन गरेका हुन् ।

जगदम्बा मोटर्स नेपालमा टीभीएसका दूई पांग्रे सवारी साधनका लागि एक मात्र आधिकारिक वितरक हो ।


क्लिकमान्डु