सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य ९१ हजार ४ सय रुपैयामा कारोबार भएको थियो । बुधबार २ सय रुपैयाँले बढेर ९१ हजार ६ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, मंगलबार तेजावी सुनको मूल्य ९० हजार ९ रुपैयाँ कायम भएकोमा बुधबार ९१ हजार १ सय रुपैयाँ कायम भएको छ ।

साथै, मंगलबार चाँदीको मूल्य प्रतितोला ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । बुधबार ५ रुपैयाँ घटेर ११ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु