ज्योति विकास बैंकमा जागिर खुल्यो




काठमाडौं । ज्योति विकास बैंकले रोजगारीका लागि आवेदन माग गरेको छ । बैंकले केहि संख्यामा ब्रान्च म्यानेजरदेखि जुनियर असिस्टेन्टसम्मका लागि आवेदन माग गरेको हो ।

बैंकले ब्रान्च म्यानेजरका लागि स्नातकोत्तर उत्र्तीणका र बैंकिङ क्षेत्रको ३ बर्षको अनुभव भएकाले आवेदन दिन सक्ने जनाएको छ । साथै, स्नातक उत्र्तीणको हकमा ५ वर्षको बैंकिङ अनुभव आवश्क छ । बैंकले केहि संख्यामा ब्रान्च म्यानेजर माग गरेको हो ।

बैंकले केहि संख्यामा सुपरभाइजर, सिनियर असिस्टेन्ट र असिस्टेन्ट पनि माग गरेको छ । स्नातक उत्र्तीण र १ बर्षको बैंकिङ अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

जुनियर असिस्टेन्ट पद पनि केहि संख्यामा आवेदन माग गरिएको छ । जुनियर असिस्टेन्टका लागि स्नातक उत्र्तीण र १ बर्षको बैंकिङ अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

बैैंकले कैलाली, सुर्खेत, जाजरकोट, प्युठान, रुपन्देही, तनहुँ, मकवानपुर, बारा, रौतहट, मोरङ, झापा, खोटाङलगायत जिल्लाका ब्रान्चका लागि आवेदन माग गरेको हो ।

आवेदकले असार १४ देखि असार २८ गतेभित्रमा बैंकको वेबसाइटwww.jbbl.com.np बाट आवेदन दिन सकिनेछ ।


पुष्प दुलाल