सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आइतबार १ हजार रुपैयाँले घटेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, शुक्रबार तेजावी सुनको मूल्य ९२ हजार ३ सय रुपैयाँ कायम भएकोमा आइतबार ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।

साथै, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा आइतबार ३० रुपैयाँले घटेर ११ सय ७० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु