भक्तपुरमा गाडीले किचेर १७ महिने बालकको मृत्यु



काठमाडौं । भक्तपुर पानीको गाडीले किचेर १७ महिने बालकको मृत्यु भएको छ ।

शुक्रबार बिहान भक्तपुरको मध्यपुर ठिमी–१ लोकन्थलीका केशवलाल श्रेष्ठका १७ महिनाका छोरा सलिन खेल्दा खेल्दै पानी झार्न रोकिराखेको बा ५ ख ७८१७ नम्बरको गाडीमुनि छिरेका थिए । गाडी मुनि छिरेका उनीबारे कोही जानकार नभएको स्थानीयले बताएका छन् ।

पानी झारेर गाडी अगाडि बढाउने क्रममा किच्दा घाइते सलिनको उपचारका क्रममा मृत्यु भएको हो । समिट अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सवारी चालक सिन्धुपाल्चोक मेलम्ची–३ घर भई मुलपानी बस्ने २३ वर्षीय आकाश भुजेललाई प्रहरी वृत्त ठिमीले पक्राउ गरि अनुसन्धान गरिरहेको छ ।


क्लिकमान्डु