युक्रेनका राष्ट्रपति सवार कार दुर्घटनाग्रस्त



काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेस्कीको कार दुर्घटना भएको छ ।

सरकारका प्रवक्ताले एक संक्षिप्त बयानमा सर्गी निकिफोरोवले एक निजी कार, राष्ट्रपतिको आधिकारिक कारसँग ठोकिएको छ । उनले भने, ‘राष्ट्रपतिको अवस्था डाक्टरले जाँच गरेका छन् र उनलाई कुनै गम्भीर चोट लागेको छैन ।’

राष्ट्रपतिको कारसँग ठोक्किँदा निजी कारका चालकलाई चोट लागेको छ । उनको उपचारका लागि एम्बुलेन्समा अस्पताल लगिएको छ ।

अधिकारीहरुले दुर्घटनाका बारेमा विस्तृत जाँच गरिरहेको जनाएको बीबीसीले उल्लेख गरेको छ ।

यसअघि युक्रेनका राष्ट्रपति जेलेस्कीको इन्जियम शहर पुगेका थिए जसलाई युक्रेनी सेनाले रुसी कब्जाबाट छुटाएको छ ।

आफ्नो भ्रमणका क्रममा जेलेस्कीले सेनालाई धन्यवाद दिएका थिए । यसका साथै उनले युक्रेनको झण्डाका ध्वजारोहणमा हिस्सा लिएका थिए ।


क्लिकमान्डु