सोनामका उत्पादनमा ७० % सम्म छुट



काठमाडौं । यो वर्षको चाड पर्वमा सोनामका उत्पादनमा ७० प्रतिशतसम्म छुट पाइने भएको छ । भाद्र २५ देखि असोज १४ गतेसम्म यो योजना लागू हुनेछ ।

व्यक्तिगत प्रयोजन तथा ट्रेकिङमा उपयोग हुने सोनामले ‘यो वर्षको चाड, सोनामको साथ’ नामक छुट योजना सार्वजनिक गरेको हो ।

विशेष छुट कम्पनीका सबै आउटलेटमा लागू गरिएको छ । सोनम ब्रान्डमा महिला, बालबालिका र पुरुषका ज्याकेट, ट्राउजर, सर्ट, पाइन्ट, पञ्जा, जिम भेस्ट, स्वेटर, कोट, ट्रेकिङ जाँदा लगाउने पोसाक, टेन्ट, ब्याग लगायत उत्पादन छन् ।

उपत्यकामा ठमेलको क्वाबहाल, ललितपुरको जावलाखेल, कुमारीपाटी, कमलपोखरीको सिटी सेन्टर, टुसाल, चाबहिलको केएल टावर, सुन्धाराको सिभिल मल, बालाजुको बिजी मल, जडिवुटीको जडिबुटी चोक, चितवनको सिजी ल्यान्डमार्क, सुन्सरीको धरान पुतली लाइन, नाम्चे, पोखराको लेकसाइड र न्युरोडमा सोनमका सोरुम रहेका छन् ।


क्लिकमान्डु