१२ महिना रिचार्ज गर्दा २४ महिना टिभी हेर्न पाइने



काठमाडौं । नेपालीहरुको महान चाड दशैं, तिहार र छठ पर्वको अवसरमा डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्ष रिचार्ज गर्दा २४ महिना टिभी हेर्नसकिने योजना संचालन गरिरहेको छ ।

डिशहोमको सेवा लिइरहेका डिटिएचका ग्राहकहरुलाई लक्षित गरि सार्वजनिक गरिएको यो योजनामा डिशहोमको डिलरदाईबाट फण्डट्रान्स्फरमार्फत् एकवर्ष अर्थात् १२ महिनाको रिचार्ज गर्ने ग्राहकले २४ महिनासम्म टेलिभिजन हेर्ने सेवा पाउनेछन् ।

यससँगै एक वर्षको रिचार्ज गर्ने ग्राहकहरु मध्येबाट प्रत्येक हप्ता लक्की ड्र मार्फत् एकजना ग्राहकले रु एक लाख पनि जित्न सक्ने छन् ।

हरेक हप्ता सोमबार साँझ ५ बजे डिशहोमका एक्सक्लुसिभ च्यानलहरु रमाईलो एचडि, सरोकार टिभि, रियालिटि टिभि, नेपा च्यानल लगाएत डिशहोम सोकेसमा लक्की ड्र को प्रत्यक्ष प्रसारण हुने छ ।

एक दशकदेखि स्याटालाईट प्रविधिमा उत्कृष्ट दृश्यसहितको टेलिभिजन सेवा प्रदान गरिरहेको डिशहोम नेपालको नं. १ टेलिभिजन सेवा प्रदायक हो साथै डिटिएच प्रविधिमार्फत् टेलिभिजन सेवा दिइरहेको डिशहोमले फाईवरमार्फत् डिशहोम फाइवरनेट ब्राण्ड नेममा नेपालभर ईन्टरनेट सेवा पनि प्रदान गरिरहेको छ ।


क्लिकमान्डु