बुटवलमा केएफसी तथा पिज्जा हटको शाखा विस्तार



फाइल फाेटाे

काठमाडौं । अन्तर्राष्ट्रिय फुड चेन ब्रान्ड केएफसीले नेपालमा चौधौ शाखा र पिज्जाहटले चौथो शाखा बिस्तार गरेको छ ।

बुटवल उपमहानगरपालिका-८, सुख्खानगर स्थित भाट–भटेनी डिपार्टमेन्टल स्टोरको छेउमा खोलिएको छ ।

यस आउटलेटमा केएफसिका बिभिन्न चिकेन परिकार जस्तै चिकेन पपकर्न, चिकेन हट एण्ड क्रिस्पी लगायत बर्गर र अन्य परिकारको आनन्द लिन सकिनेछ । यहाँ साथै विभिन्न शाकाहरी तथा विदेशी स्वादका पिज्जाको समेत मजा लिन सकिनेछ ।

केएफसी र पिज्जाहट दुवै रेस्टुरेन्टले आफ्ना ग्राहकका लागी विभिन्न स्वादिष्ट परिकारहरु उपलब्ध गराउँदै कोभिड–१९ को रोकथामका लागी विश्व स्तरिय सुरक्षा नीति समेत अवलम्बन गरको छन् । जसका लागी ५ प्रकारका सुरक्षा मापदण्डहरु स्वच्छता, जाँच, सामाजिक दुरी, कन्ट्याटलेस सेवा र शत प्रतिसत खोप लगाएका कर्मचारी सहितका मापदण्डलाई अनिवार्य गरिएको छ ।

रेस्टुरेन्टले प्रत्येक ३० मिनेटमा आफ्ना टेबल, काउन्टर, ढोका र त्यसका ह्यान्डलहरु जस्ता सतहको सरसफाइ निर्मलिकरण गर्ने गर्दछ । रेटुरेन्टले हाल बिहान १० देखि राति १० बजेसम्म डाइन–इन र टेक अवे मार्फत सेवा दिइरहेको छ ।


क्लिकमान्डु