जोमसोम र गोल्डेन आइस ब्राण्डका बियर बजारमा, दुई अर्ब लगानी



काठमाडौं । जोमसोम र गोल्डेन आइस ब्राण्डमा बियर उत्पादन तथा बिक्री वितरण शुरु भएको छ । ओम ब्रुअरीले सोमबार यी दुई उत्पादन औपचारिकरुपमा बजारमा ल्याएको हो ।

पूर्णतया जर्मन प्रविधिबाट उत्पादित यी दुबै ब्राण्ड स्ट्रङ सेगमेन्ट हुन् । जोमसोम एक्स्ट्रा स्ट्रङ हो भने गोल्डेन आइस प्रिमियम स्ट्रङ हो । नेपालमा पछिल्लो समय स्ट्रङ बियरको लहर आएको छ । उक्त बियरमा ७.९ प्रतशित अल्कोहलको मात्रा छ ।

बैजुप्रसाद बाबरा र ओम प्रकाशको संयुक्त लगानीमा सञ्चालित उद्योगमा २ अर्ब रुपैयाँभन्दा बढी लगानी भएको छ । रौतहटको कडरिया नगरपालिका वडा नं. ९ स्थित ५ बिगाह क्षेत्रफलमा उद्योग फैलिएको छ ।

बाबरा २०७८ असोजदेखि मदिरा उत्पादक संघका अध्यक्षसमेत हुन् ।

उद्योगको उत्पादन क्षमता मासिक १ लाख केस रहेको छ । पूर्णस्वचालित प्रविधि प्रयोग भएपनि उद्योगमा ३०० जनाले रोजगारी पाएको कम्पनीले जनाएको छ ।

२०५४ सालमा बाबा डिष्टिलरी बाट मदिरा उत्पादन शुरु गरि ज्योति डिष्टिलरी तथा श्री बाबा बैजुनाथ सुगर एण्ड केमिकल ईण्डष्ट्रिज प्रालि हुँदै ओम ब्रुअरीसम्म आईपुगेको हो ।

नेपालभर आफ्नो डिलरमार्फत् मदिरा बिक्री वितरण भइरहेको हुँदा बजारको लागि कुनै समस्या नभएको उद्योगले जनाएकोछ ।


क्लिकमान्डु