फनपार्कले काठमाडौं महानगरलाई बुझायो १९ लाख ९७ हजार कर



काठमाडौं । भृकुटीमण्डपमा रहेको फनपार्कले काठमाडौं महानगरपालिकालाई १९ लाख ९७ हजार कर तिरेको छ ।
काठमाडौं महानगरपालिकाले फनपार्कलाई कर तिर्न २४ घन्टे अल्टिमेटम दिए लगत्तै मनोरञ्जन कर र व्यवसाय कर बापत उक्त रकम कर तिरेको हो ।

काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख शिवराज अधिकारीका अनुसार फनपार्कले १७ लाख ३६ हजार रुपैयाँ मनोरञ्जन कर र व्यवसाय कर बापत २ लाख ६१ हजार रुपैयाँ सहित १९ लाख ९७ हजार रुपैयाँ कर तिरेको छ । अधिकारीका अनुसार फनपार्कले महानगरलाई अहिले तिनर््ुपर्ने मनोरञ्जन र व्यवसाय कर तिरेको हो ।

यसअघि फनपार्कलाई कर तिर्न पटक–पटक आग्रह गर्दा पनि अटेर गरेर बसेको थियो । महानगरले बुधबार कर तिर्न २४ घन्टे अल्टिमेटम दिएलत्तै बिहीबार पार्कले उक्त कर तिरेको हो ।


क्लिकमान्डु