डेढ महिनामा सरकारले संकलन गर्यो १ खर्ब १४ अर्ब ५५ करोड राजस्व



काठमाडौं । सरकारले चालु आर्थिक वर्षको डेढ महिनामा १ खर्ब १४ अर्ब ५५ करोड ४३ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

अर्थ मन्त्रालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो ४५ दिनमा गरेका कामको प्रगति विवरणमा यस्तो उल्लेख छ ।

सरकारले बजेटमार्फत् चालु आर्थिक वर्षमा १२ खर्ब ४० अर्ब ११ करोड रुपैयाँ राजस्व असूली गर्ने लक्ष्य लिएको छ ।

तर, विदेशी मुद्रा सञ्चिति जोगाउन केही वस्तुको आयातमा गरिएको कडाइका कारण लक्ष्यबमोजिम राजस्व संकलन हुनसक्ने अवस्था देखिँदैन । आर्थिक वर्षको पहिलो डेढ महिनाका तथ्यांकले पनि सरकारको राजस्व संकलनको लक्ष्य पूरा नहुने प्रष्ट संकेत गर्छ ।


क्लिकमान्डु