मोटरसाइकलमा मोबाइल स्ट्याण्ड राख्न नपाइने, गुगल म्याप प्रयोगमा कठिनाइ हुने राइडरहरुको भनाइ



काठमाडौं । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले मोटरसाइकलमा स्ट्याण्ड हटाउन निर्देशन दिएको छ । विशेषगरि राइड सेयर सेवा पठाओका चालकहरुले बाइमा यस्तो स्ट्याण्ड राख्ने गरेका छन् ।

प्रचलित कानुन बमोजिम निर्माण भैसकेको बाइकमा केही कुरा थप्नु वा हटाउनु बाइकको स्वरुप परिवर्तन (मोडिफिकेसन) भएकाले बाइकमा राखिएका मोबाइल स्ट्याण्ड हटाउन काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले पठाओलाई पत्र पठाएको थियो ।

ट्राफिक प्रहरीबाट यस्तो सूचना पाएसँगै पठाओ नेपालले आफ्ना राइडर र फुडम्यानहरुलाई जानकारी गराएको बताएको छ । तर कतिपय राइडर र फुडम्यान साथीहरूबाट मोबाइल स्ट्याण्ड नहुँदा गुगल म्याप प्रयोग गर्नमा कठिनाइ भएको भनी गुनासोहरु आइरहेको पठाओ नेपालले जनाएको छ ।

‘हामी हाम्रा अग्रभागमा खटिएर काम गर्ने साथीहरूको सुझाव र गुनासोलाई सम्बन्धित निकायमा पहल कदमी गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं’ पठाओले भनेको छ ।


क्लिकमान्डु