हिमालयन बैंकको साढे २ अर्बको ऋणपत्र निष्कासन



काठमाडौं । हिमालयन बैंकले आजदेखि प्रतिकित्ता एक हजार रुपैयाँका दरले २ अर्ब ५० करोड रुपैयाँको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको छ ।

२५ लाखमा १५ लाख कित्ता बैंकले व्यक्तिगत तवरबाट बिक्री गर्ने छ भने बाँकी १० लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्ने छ । जसमा सामूहिक लगानी कोषलाई ५० हजार कित्ता छुट्याईएको छ ।

७ वर्षका लागि निष्कासन गरेको ऋणपत्रमा वार्षिक १०.५० प्रतिशत ब्याज पाइने छ । ऋणपत्रमा न्यूनतम २५ देखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । ऋणपत्रमा छिटोमा भदौ १९ गते सम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भदौ २९ गतेसम्म आवेदन दिन सकिने छ ।

ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको छ । ऋणपत्रमा सी-आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । ऋणपत्रको बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैकिङ रहेको छ ।


क्लिकमान्डु