सेयर बजारमा सामान्य सुधार, इन्डेक्स २ हजार भन्दा तल



काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ ।

निकै उतार चढाब आएपनि बजारमा सामान्य सुधार देखिएको छ । इन्ट्रा डे कारोबारमा बजार बजार बढेर आधा घन्टामा नै २०११ बिन्दु भन्दा माथी पुगेको थियो । पछि घटेको बजार घट्दा पनि २.३३ अंकले बढेर १९९५.२१ बिन्दुमा रोकिएको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४७ अंकले बढेर ३८८.९३ बिन्दुमा रोकिएको छ । २२६ कम्पनीको २९ लाख १४ हजार ५०५ कित्ता सेयर १ अर्ब १ करोड ९५ लाख १६ हजार ६९६ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा बैंकिङ समूहको ०.७६, जलविद्युत १८.०९, वित्त कम्पनी १४.९५, निर्जीबन बीमा ६.३७, जीवन बीमा समूहको उपसूचक २.३६ अंकले घटेको छ ।

यस्तै विकास बैंक ६.२३, उत्पादन तथा प्रशोधन ११.३७, अन्य समूहको ३३.८२, माइक्रोफाइनान्स समूहको उपसूचक ३.६३ अंकले बढेको छ ।


क्लिकमान्डु