सैलुङसहित १० निर्माण तथा डिस्टिब्युटर्स कम्पनी कालो सूचीमा, २ चिनियाँ र १ भारतीय पनि परे



काठमाडौं । सरकारले सैलुङ कन्स्ट्रक्सनसहित १० वटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको छ ।

सार्वजनिक खरिद अनुगमन कार्यालयका अनुसार अनुप अधिकारीले सञ्चालन गरेको सैलुङ कन्स्ट्रक्सनसहित १० कम्पनीलाई कुनै पनि खरिद कारबाहीमा भाग लिन नपाउने व्यवस्था गरिएको छ । सैलुङलाई तीन वर्ष कुनै पनि खरिद कार्यमा संलग्न हुन नपाउने गरि कालो सूचीमा राखिएको छ ।

सडक सुधार तथा विकास आयोजना निर्देशनालयको सिफारिसमा सैलुङले भक्तपुर–नगरकोट–सिपाघाट, बालाजु–त्रिशुली/छहरे/विदुर सडक आयोजना अलपत्र पारेको भन्दै कालो सूचीमा राखेको हो ।

यस्तै हेटौडा–भरतपुर–बर्दघाट २२० केभी प्रशारण लाइन आयोजना अलपत्र पारेको भन्दै चिनियाँ कम्पनी तथा विद्युत प्राधिकरणको रिफासिरसमा अर्को एक चिनियाँ कम्पनी, भारतीय आरभाली इन्फ्रापावर, सुनसरीको बलिया कन्स्ट्रक्सन, काठमाडौं बुद्धनगरको जोनशन कन्स्ट्रक्सन, कास्कीको जस्ट इन टाइम कन्स्ट्रक्सन, मोरङको महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स, सुनसरीको सर्जिमेड सर्जिमेड डिस्ट्रिब्यूसन सुनसरी र तुम्येहाङ निर्माण सेवा पाँचथरलाई कालो सूचीमा राखेको छ ।


क्लिकमान्डु