सेयर बजारमा सामान्य गिरावट, २ कम्पनीको कारोबारमा सकारात्मक सर्किट



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सामानय गिरावट देखिएको छ ।

बजार मापन गर्ने सूचक ७.७२ अंकले घटेर परिसूचक २०६०.५५ बिन्दुमा रोकिएको छ । ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.४९ अंकले घटेर ३९८.५८ बिन्दुमा रोकिएको छ ।

कारोबारमा अधिकांश समूहको उपसूचकमा गिरावट आएको छ । कारोबारमा बैंकिङ समूहको उपसूचक १.०४, होटल तथा टुरिजम २९.५६, उत्पादन तथा प्रशोधन समूहको २२.७८, निजीवन बीमा समूहको उपसूचक ८.३० अंकले बढेरको छ । यस्तै विकास बैंक ३५.२०, वित्त कम्पनी १६.९०, जलविद्युत समूहको २८.७८, जीवन बीमा समूहको उपसूचक ३७.०२ अंकले घटेको छ ।

बजारमा सामान्य अंकको गिरावट आउँदा मदांकिनी हाईड्रोपावर अपर हेवाखोला हाईड्रोपावर कम्पनीको सेयर मूल्यका सकारात्मक सर्किट लागेको छ ।

यस्तै एनएमबी ५०, स्वेत गंगा हाईड्रोपावर, सोल्टी होटलमा लगानीगर्ने लगानीकर्ताले कमाएका छन् भने रिभफल्स पावर, हिमालयन हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, एनआईसी एशिया सेलेक्ट फण्ड–३०, बलेफी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।

कारोबार रकमको आधारमा रिडी पावर कम्पनी अग्रस्थानमा रहेको छ । उक्त कम्पनीको १२ करोड २८ लाख ५० हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा अपी पावर कम्पनी र नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था रहेको छ ।


क्लिकमान्डु