पिपुल्स पावरको आईपीओमा आवेदन दिन आज अन्तिम दिन



काठमाडौं । पिपुल्स पावर कम्पनीको साधारण सेयर (आईपीओ)मा आवेदन दिन आज अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्रै आईपीओमा आवेदन दिन सकिने छ ।

कम्पनीले २४ करोड ६७ लाख ४० हजार रुपैयाँको २४ लाख ६७ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेकामा १ लाख २३ हजार ३७० कित्ता सामूहिक लगानी कोष, ४९ हजार ३४८ कित्ता सेयर कर्मचारी र बाँकी रहेको २२ लाख ९४ हजार ६८२ कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गरेको छ ।

आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ । यसमा सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु