अघिल्लो वर्ष २२ करोड घाटामा रहेको सोल्टी होटल गत आवमा ३० करोड नाफामा



काठमाडौं । कोरोना महामारीलगायतका विभिन्न कारणले अघिल्लो वर्ष २२ करोड रुपैयाँभन्दा बढी घाटा बेहोरेको पाँच तारे सोल्टी होटलले गत आवमा भने ३० करोड रुपैयाँभन्दा बढी नाफा कमाउन सफल भएको छ ।

अघिल्लो आवमा कुल २२ करोड ४९ लाख ३३ हजार रुपैयाँ घाटा बेहोरेको सोल्टी होटलले गत आवमा भने ३० करोड १६ लाख ३१ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

कोरोना महामारीका कारण लामो समयसम्म बन्द रहेको सोल्टी होटलले यसबीचमा कर्मचारीहरुको स्वच्छिक अवकासमा ३३ करोड रुपैयाँभन्दा बढी रकम खर्च गरेको छ । जसमध्ये स्वेच्छिक अवकासमा मात्रै ३ करोड ८८ लाख रुपैयाँ खर्च समेत छ ।

सोल्टी होटलको खर्च गत आवमा १ अर्ब रुपैयाँ बढी छ । जसमा फूड एण्ड बेभरेजमा २६ करोड रुपैयाँ, कर्मचारी बेनेफिट खर्चमा ३३ करोड ७४ लाख रुपैयाँ, सञ्चालन खर्चमा २० करोड, ह्राकट्टीमा ११ करोड र प्रसाशनिक खर्चमा करिब १४ करोड रुपैयाँ खर्च गरेको छ ।

होटलले गत तीन महिना वैशाख, जेठ र असारमा होटलका व्यावसायिक गतिविधि तथा क्रियाकलापहरु सामान्यरुपमा सञ्चालन भएको बताएको छ । साथै गत आवमा कम्पनीको स्वामित्वमा सञ्चालित नेपालका ख्याती प्राप्त अन्तर्राष्ट्यि स्तरको एयरलाइन्स इन्फ्लाइट क्याटरिङ डिभिजन दि सोल्टी गेट गुरमेटको व्यावसायिक सञ्चालन पनि राम्रो रहेको बताएको छ ।


क्लिकमान्डु