अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले कमायो ४ करोड ३७ लाख नाफा



C

काठमाडौं । अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीले गत असार मसान्तसम्म ४ करोड ३७ लाख ४० हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

यो अघिल्लो आर्थिक वर्षको तुलनामा १.९९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिमा कम्पनीले ४ करोड २८ लाख ८३ हजार रुपैयाँ नाफा कमाएको थियो ।

एक वर्षको अवधिमा कम्पनीले विद्युत् बिक्री गरेर ३८ करोड ७ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिमा २९ करोड ४६ लाख ६१ हजार रुपैयाँ रहेको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी बढ्दा कम्पनीको नाफा बढेको छ ।

१ अर्ब ३५ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १२ करोड ३३ लाख ६३ हजार रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिमा जगेडा कोषमा ८ करोड ३६ लाख ३४ हजार रुपैयाँ रहेको थियो ।

प्रतिसेयर आम्दानी ३ रुपैयाँ २४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ ११२ रुपैयाँ ४० पैसा रहेको छ ।


क्लिकमान्डु