अभियान लघुवित्तको आईपीओ बाँडफाँट



काठमाडौं । अभियान लघुवित्त वित्तीय संस्थाको साधारण सेयर (आईपीओ) बाँडफाँट भएको छ । आईपीओमा आवेदन दिनेमध्ये ९१ हजार ३ सय ७५ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलका अनुसार आईपीओमा १९ लाख ८० हजार ९७० जनाले आवेदन दिएकोमा २ हजार ३७६ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले कम्पनीले साउन १८ देखि साउन २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो ।

आईपीको नतिजा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेवसाइट, अभियान लघुवित्तको वेवसाइट, मेरो सेयर र सीडीएससीकाे वेवसाइट हेर्न सकिन्छ ।


क्लिकमान्डु