वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिका लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन हुन्छः मन्त्री कुँवर



काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले सरकारले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम तत्काल कार्यान्वयन गर्ने बताएका छन् ।

आइतबार काठमाडौंमा वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा कार्यान्वयन विषय परामर्श गोष्ठीमा यस्तो बताएका हुन् । उनले सरकारले उक्त कार्यक्रममा वैदेशीक रोजगार दाताहरुको सहयोग, अनुदान र लगानीमा आकर्षित गर्ने गरी प्रावधानहरु राखिएको बताए ।

मन्त्री कुँवरले वैदेशीक रोजगारबाट फर्किएका तर पुँजी नभएका श्रमिकहरुलाई यो कार्यक्रममा समावेश गरेर अगाडि बढ्ने बताए । उनले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति अहिले नै नकारात्मक कुरा गर्न राम्रो नहुने बताए ।

मन्त्री कुँवरले कार्यक्रम कार्यान्वयन नआइ नकारात्मक कुराहरु गर्दा अरुण तेस्रो जलविद्युत आयोजना जस्तै हुने उदाहरण दिए । ‘वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रममा सरकारले गैर सहकारी संस्थाहरुलाई पनि जोडेका छौं । वैदेशीक रोजगार दाताहरुको सहयोग,अनुदान र लगानीमा आकर्षित गर्ने गरी नीतिमा प्रावधानहरु राखिएको छ’ उनले भने, ‘विदेशबाट फर्किएकाहरुसँग पुँजी नभएकाहरुलाई पनि यो कार्यक्रममा समावेश गर्ने विषयमा समेटेको छ । वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रमप्रति नकारात्मक कुरा गर्न राम्रो हुँदैन ।’

मन्त्री कुँवरले वैदेशिक रोजगारीबाट फर्केका व्यक्तिहरुको लागि पुनःएकीकरण कार्यक्रम कार्यान्वयन गर्न सबै मिलेर लाग्न आवश्यक रहेको बताए । उनले वैदेशीक रोजगारबाट नेपाल फर्केर उद्यम गरिरहेकाहरुसँग पनि समन्वय गरेर कार्यक्रम कार्यान्वयनमा लैजाने बताए ।


क्लिकमान्डु