सेयर बजार अझै राताम्मे, कारोबार रकमले छोड्दै साथ



काठमाडौं । साताको पहिलो दिन आइतबार पनि सेयर बजार राताम्मे बनेको छ । कारोबारको सुरुमा घटेर पुनः बढुने संकेत गरेको बजारको बढोत्तरी एक घन्टा पनि रहन सकेन ।

बजारम गिरावटको क्रम सुरु भयो । अन्तिम समयमा आइपुग्दा बजार मापनगर्ने सूचक २७.९२ अंकले घटेर परिसूचक २०१०.०१ बिन्दुमा रोकिएको छ ।

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीतिले पनि बजारलाई धेरै नकारात्मक रुपमा नहेरेको, मंसिरमा निर्वाचन घोषणभएसँगै बजार बढ्ने केहीको आंकलन रहेको थियो । तर, बजारमा भने घटिरहेको छ ।

जानकार लगानीकर्ताका अनुसार अहिले बजारमा लगानीयोग्य रकम (तरलता) अभावको असर पनि बजारमा देखिएको छ ।
२२७ कम्पनीको ४५ लाख ५९ हजार २२ कित्ता सेयर १ अर्ब ८७ करोड ३२ लाख ८१ हजार ८९७ रुपैयाँको सेयर किनबेच भएको छ ।

कारोबारमा सबै समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ समूहको ८.९६, विकास बैंक ४७.४७, वित्त कम्पनी ४५.१०, जलविद्युत ४६.३८, जीवन बीमा २३३.६८, उत्पादन तथा प्रशोधन १९०.७३, माइक्रोफाइनान्स ५०.५०, निर्जीबन बीमा समूहको उपसूचक ५३.७४ अंकले घटेको छ ।


क्लिकमान्डु