मेगा बैंकको नाफा २ अर्ब ८३ करोड, लाभांश क्षमता १० प्रतिशत



काठमाडौं । मेगा बैंकले गत आर्थिक वर्षमा २ अर्ब ८३ करोड नाफा गरेको छ ।

बैंकले प्रकाशित गरेको गत आर्थिक वर्ष २०७८/ ७९ मा अघिल्लो वर्षको तुलनामा नाफा करिब २० प्रतिशतले बढाएको हो । अघिल्लो वर्ष नाफा २ अर्ब ४३ करोड रहेको थियो ।

बैंकले ब्याज आम्दानीबाट ५ अर्ब ९१ करोड रुपैयाँ आम्दानी गरेको छ ।

१६ अर्ब १२ करोड चुक्ता पुँजी रहेको मेगा बैंकले सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा १ अर्ब ६३ करोड गरेको जनाएको छ । यसबाट बैंकको लाभांश क्षमता १० प्रतिशत हुन्छ । मेगा बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने सम्झौता गरेको छ ।

असार मसान्तसम्म बैंकमा १ खर्ब ५३ अर्ब निक्षेप छ । यस्तै कर्जा १ खर्ब ४७ अर्ब रहेको छ । बैंकमा अघिल्लो वर्ष असार मसान्तमा १ खर्ब ३६ अर्ब निक्षेप थियो भने कर्जा १ खर्ब ३६ अर्ब कर्जा थियो ।

खराब कर्जा अनुपात ०.७४ प्रतिशत रहेको मेगा बैंकको असार मसान्तसम्म कर्जा निक्षेप अनुपात ८९.०५ प्रतिशत छ । प्रतिसेयर आम्दानी १७.५७ रुपैयाँ छ । बेसरेट १०.०१ प्रतिशत छ ।

अघिल्लो वर्ष ३.६१ प्रतिशत बेसरेट थियो । बैंकको स्प्रेडदर ४.३६ प्रतिशत छ । अघिल्लो वर्ष ४.१६ प्रतिशत थियो ।


क्लिकमान्डु