प्रतिनिधि सभाको कार्याकाल उमेम्दवार मनोनयनको अघिल्लो दिनसम्म रहने
काठमाडौं । सरकारले आगामी मंसिर ४ गतेका लागि प्रतिनिधी र प्रदेश सभाको निर्वाचन घोषणा गरेसँगै प्रतिनिधि सभाको कार्याकाल उम्मेदवारको मनोनयनको अघिल्लो दिनसम्म रहने भएको छ ।
चुनाव घोषणा गरेसँगै संसद विघटन गर्नुपर्ने भन्ने आवाज उठिरहेको बेला सरकारले मनोनयनको अघिल्लो दिनसम्म रहने सरकारले जनाएको छ ।
कानून न्याय तथा संसदीय मामिला मन्त्री गोविन्द बन्दीले अहिलेको प्रतिनिधी सभाको कार्यकाल उमेम्दावर मनोनयनको अघिल्लो दिनसम्म रहने बताएका छन् ।
प्रतिनिधि सभासँग प्रदेश सभाको कार्याकाल पनि सोही दिनसम्म रहनेछ ।