स्थानीय तहमा बेरुजुको बेथितिः कार्यालय प्रमुखमाथि साढे १२ करोड बेरुजु



काठमाडौं । स्थानीय तहमा बेरुजु कहालीलाग्दो देखिँदो छ ।

महोत्तरीको गौशाला नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रजङ्ग थापामाथि २०७९ अनुसार १२ करोड ४५ लाख २१ हजार बेरुजु रकम देखिएको छ । महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार उहाँ माथि सो बेरुजु देखिएको हो ।

आर्थिक वर्ष २०७६÷७७ को प्रारम्भदेखि उनी उक्त नगरपालिकामा कार्यरत छन् । २०७६ भदौ १३ गते कार्यालयको जिम्मेवारी सम्हालेका थापामाथि बर्सेनि बेरुजु थापिँदै जाँदा आव २०७७-७८ सम्म १२ करोड बेरुजु नाघेको हो ।

उनीमाथि देखाइएको बेरुजु रकममध्ये असुल गर्नुपर्ने छ करोड ८८ लाख ४७ हजार, प्रमाण कागजात पेस गर्नुपर्ने दुई करोड ६० लाख ५० हजार, नियमित गर्नुपर्ने ७७ लाख ९० हजार र पेश्की दुई करोड १८ लाख ३४ हजार रहेको प्रतिवेदनमा उल्लेख छ ।

कार्यकारी अधिकृत थापाले खुद तिर्नुपर्ने नै छ करोड ८८ लाख ४७ हजार देखिएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदनले यो बेरुजुमा कार्यालयका लेखा अधिकृत सञ्जीव बराललाई पनि समेटेको छ । प्रमुख प्रशासकीय अधिकृत थापामाथि आव २०७८÷७९ मा बेरुजु रकम अझै बढ्ने बताइएको छ ।

कार्यकारी अधिकृत थापाले गौशाला नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको पद सम्हालेयता नगरपालिकामा बर्सेनि बेरुजु रकम थपिँदै गएको हो । महालेखापरीक्षकको वार्षिक प्रतिवेदन २०७९ अनुसार आव २०७७÷७८ सम्ममा नगरपालिकाको गत वर्ष ९२०७६÷७७० को ४३ करोड तीन लाख ६१ हजार कुल बेरुजु बाँकी देखिएको थियो । पछिल्लो आव २०७७÷७८ को समायोजन र संपरीक्षणबाट फछ्र्यौट एवं वर्षको अन्त्यमा कायम भएको बेरुजुसमेत अद्यावधिक हुँदा बेरुजु ४८ करोड ६६ लाख ९९ हजार देखिएको प्रतिवेदनमा उल्लेख छ ।


क्लिकमान्डु