सिद्धार्थ बैंकको नाफा १२.७८% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्षमा शिद्धार्थ बैंकको नाफा १२.७८ प्रतिशतले बढेर ३ अर्ब २१ करोड ९७ लाख ४१ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा २ अर्ब ८५ करोड ४८ लाख २८ हजार रुपैयाँ रहेको थियो ।

असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा २ अर्ब १० करोड ६८ लाख १० हजार रुपैयाँ रहेको छ । असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी ७ अर्ब ३ करोड ८१ लाख २३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब ५१ करोड २ लाख ६ हजार रुपैयाँ रहेको थियो ।

यस्तै सञ्चालन मुनाफा ४ अर्ब १६ करोड ६७ लाख २५ हजार रुपैयाँबाट बढेर ४ अर्ब ७१ करोड ५० लाख ४२ हजार रुपैयाँ रहेको छ । १२ अर्ब ५२ करोड ४४ लाख २६ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ७ अर्ब ७८ करोड ४२ लाख ३६ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ९१ अर्ब ५५ करोड ६ लाख ४३ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ७८ अर्ब ७५ करोड ४३ लाख २२ रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा १ प्रतिशतबाट बढेर १.०३ प्रतिशत पुगेको छ । प्रतिसेयर आम्दानी २५ रुपैयाँ ७१ पैसा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १७४ रुपैयाँ ९८ पैसा रहेको छ ।


क्लिकमान्डु