कुमारी बैंकको नाफामा उल्लेख्य सुधार, लगानीकर्तालाई लाभांश १२% दिन सक्ने



काठमाडौं । गत आर्थिक वर्षमा कुमारी बैंकको नाफा ४३.८७ प्रतिशतले बढेर २ अर्ब ८३ करोड ५२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९७ करोड ७ लाख ३० हजार रुपैयाँ रहेको थियो ।

गत असार मसान्तसम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा १ अर्ब ७७ करोड ३९ लाख १७ हजार रुपैयाँ पुगेको छ । बैंकले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरण अनुसार लगानीकर्तालाई लाभांश दिन सक्ने क्षमता १२ प्रतिशत रहेको छ ।
असार मसान्तसम्म आइपुग्दा बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार देखिएको छ ।

अघिल्लो असार मसान्तमा ५ अर्ब ७ करोड ७५ लाख १३ हजार रुपैयाँ रहेको बैंकको खुद ब्याज आम्दानी ६ अर्ब ३८ करोड ७ लाख २४ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ३ अर्ब ५७ लाख ९२ हजार रुपैयाँबाट बढेर ३ अर्ब ९८ करोड ८१ लाख ५८ हजार रुपैयाँ पुगेको छ । १४ अर्ब ७१ करोड ११ लाख ८३ हजार रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब ६१ करोड २२ लाख ७३ हजार रुपैयाँ रहेको छ ।

१ खर्ब ७७ अर्ब ३९ करोड १७ लाख रुपैयाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५३ अर्बं ३६ करोड ९८ लाख १२ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । बैंकको खराब कर्जा भने ०.९६ प्रतिशतमा स्थिर रहेको छ । १९ रुपैयाँ २७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १४४ रुपैयाँ ०१ पैसा रहेको छ ।


क्लिकमान्डु