अर्थमन्त्री शर्मालाई स्वागत गर्न मूलढोकामा कलश, दही, स्याउ र केरा



काठमाडौं । २५ दिनपछि फेरि अर्थमन्त्री नियुक्त भएका जनार्दन शर्मालाई स्वागत गर्न अर्थमन्त्रालय तयारी अवस्थामा देखिएको छ ।

आइतबार अर्थमन्त्रीमा दास्रो पटक नियुक्त भएका शर्मा साढे ५ बजे तय भएको सपथ ग्रहण कार्यक्रमपछि मन्त्रालय पुग्नेछन् । मन्त्रालयमा कर्मचारीहरु उनलाई स्वागत गर्न तयारी अवस्थामा छन् ।

कर्मचारीहरुले शर्माको स्वागतका लागि मूलढोकामा कलशका साथै प्लास्टिकको बट्टामा दही तथा केरा र स्याउ समेत राखेका छन् ।

संसदीय छानबिन विशेष समितिको प्रतिवेदनमा अर्थमन्त्री दोषी हुने कुनै प्रमाण नभेट्टाएपछि माओवादी केन्द्रले अर्थमन्त्रीमा फेरि शर्मालाई नै दोहोर्याउने निर्णय गरेको थियो ।


क्लिकमान्डु