नाफा ६२.२६% ले बढाएको स्टयाण्डर्ड चार्टर्ड बैंकको कति छ लाभांश दिने क्षमता ?



काठमाडौं । स्टयान्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा नाफा ६२.२६ प्रतिशतले बढाएर २ अर्ब २६ करोड ९८ लाख ५५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३९ करोड ८८ लाख ५३ हजार रुपैयाँ रहेको थियो । यो अवधिमा बैंकको नाफामा निकै छलाङ आएको छ ।

एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा १ अर्ब ५९ करोड ३६ लाख ४० हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता १६.९० प्रतिशत रहेको छ । यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ ।

अघिल्लो आवको असार मसान्तमा २ अर्ब ५९ करोड ३७ लाख ९४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा आइपुग्दा ३ अर्ब ७५ करोड ७३ लाख ८० हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि २ अर्ब १ करोड २५ लाख ८९ हजार रुपैयाँबाट बढेर ३ अर्ब २५ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको छ ।

९ अर्ब ४२ करोड ९४ लाख ५४ हजार रुपैयाँ चु्क्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ५ अर्ब ७६ करोड ३७ लाख १ रुपैयाँ रहेको छ । ९३ अर्ब ७२ करोड १९ लाख १६ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक वर्षको अवधिमा ७९ अर्ब १७ करोड ३९ लाख ९१ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा ०.९६ प्रतिशतबाट घटेर ०.५९ प्रतिशतमा झरेको छ । २४ रुपैयाँ ०७ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १९२ रुपैयाँ रहेको छ ।


क्लिकमान्डु