एनआइसी एशिया लघुवित्तको नाफा २४.४९% ले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षमा एनआइसी एशिया लघुवित्त वित्तीय संस्थाले ५८ करोड ५६ लाख ३५ हजार रूपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा २४.४९ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा कम्पनीले ४७ करोड ४ लाख ९ हजार रूपैयाँ मात्रै नाफा कमाएको गरेको थियो ।

असार मसान्तसम्म कम्पनीले १ अर्ब ४९ करोड ५ लाख २६ हजार रूपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

लघुवित्तको खुद ब्याज आम्दानी ४३.३६ प्रतिशत बढेको हो । गत आवको सोही अवधिमा १ अर्ब ३ करोड ९७ लाख ४० हजार रूपैयाँ रहेको थियो ।

यस अवधिमा ग्राहकहरूबाट लघुवित्तले ३ अर्ब ३५ करोड २६ लाख रूपैयाँ निक्षेप संकलन गरेको छ । गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तले १६ अर्ब ३१ करोड ७ लाख रूपैयाँ सापटी लिएको छ । २१ अर्ब ८४ करोड ७३ लाख रूपैयाँ कर्जा प्रवाह गरेको छ ।

गत आवको यसै अवधिको तुलनामा लघुवित्तको सञ्चालन मुनाफा ३१.७३ प्रतिशतले बढेको छ ।

सञ्चालन मुनाफा ९२ करोड ९३ लाख ६३ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा ७० करोड ५५ लाख २८ हजार रूपैयाँ थियो ।

गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तको चुक्ता पुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रूपैयाँ छ । लघुवित्तको जगेडा तथा कोषहरूमा १ अर्ब ४० करोड ८९ लाख ४ हजार रूपैयाँ सञ्चित छ ।
लघुवित्तको प्रतिसेयर आम्दानी ३३.६७ रूपैयाँ छ ।


क्लिकमान्डु