इन्भेष्टमेण्ट बैंकको नाफा १४.८३% ले बढ्यो, लाभांश दिने क्षमता ११ प्रतिशत



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकले गत आर्थिक वर्षमा नाफा १४.८३ प्रतिशतले बढाएर ४ अर्ब ८ करोड ६३ लाख ८४ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आवको सोही अवधिमा बैंकको नाफा ३ अर्ब ५५ करोड ८६ लाख ६ हजार रुपैयाँ रहेको थियो ।
एक वर्षको अवधिमा बैंकको वितरणयोग्य नाफा २ अर्ब ३ करोड ८३ लाख ७६ हजार रुपैयाँ रहेको छ । बैंकको लाभांश दिन सक्ने क्षमता ११.१३ प्रतिशत रहेको छ ।

यो अवधिमा बैंकले खुद ब्याज आम्दानी र सञ्चालन मुनाफामा सुधार आएको छ । अघिल्लो आवको असार मसान्तमा ५ अर्ब ५९ करोड ३० लाख ५४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आवको सोही अवधिमा आइपुग्दा ५ अर्ब ९४ करोड ९० लाख ६८ हजार रुपैयाँ पुगेको छ । यस्तै सञ्चालन मुनाफा पनि ५ अर्ब ११ करोड ९५ लाख १८ हजार रुपैयाँबाट बढेर ६ अर्ब ७२ करोड ७६ लाख १ हजार रुपैयाँ रहेको छ ।

१८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ चु्क्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १४ अर्ब ६७ करोड ८० लाख ११ रुपैयाँ रहेको छ । १ खर्ब ८४ अर्ब ६९ करोड १० लाख ७२ हजार रुपैयाँ निक्षेप संकलन गरेको बैंकले एक वर्षको अवधिमा १ खर्ब ५७ अर्ब ४६ करोड ९७ लाख ४४ हजार रुपैयाँ कर्जा लगानी गरेको छ ।

बैंकको खराब कर्जा २.४६ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा झरेको छ । २२ रुपैयाँ ३२ पैसा प्रतिसेयर आम्दानी रहेको बैंकको प्रतिसेयर नेटवर्थ १८७ रुपैयाँ २१ पैसा रहेको छ ।


क्लिकमान्डु