दुई कम्पनीलाई १३ करोड ७२ लाखको आइपीओ ल्याउन बोर्डले दियो अनुमति



काठमाडौं । दुई वटा कम्पनीले १३ करोड ७२ रुपैयाँको १३ लाख ७२ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएका छन् ।

धितोपत्र बोर्डबाट इन्टर्न हाईड्रोपावर र खप्तड लघुवित्त वित्तीय संस्थाले आइपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

आइपीओ निष्कासन गर्न अनुमति पाएको इन्ष्टर्नले प्रतिकित्ता एक सय रुपैयाँका दरले १२ करोड ४० लाख रुपैयाँको १२ लाख ४० हजार कित्ता सेयर निष्कासन गर्ने छ ।

कम्पनीले उक्त सेयर आयोजना प्रभावित र सर्वसाधारणलाई उक्त रकमको आइपीओ निष्कासन गर्ने छ । कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

यस्तै खप्तड लघुवित्तले १ करोड ३२ लाख रुपैयाँको १ लाख ३२ हजार कित्ता आइपीओ निष्कासुन गर्न बोर्डबाट अनुमति पाएको हो । आइपीओको बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ ।


क्लिकमान्डु