अबैधरुपमा ल्याएको ४२० बोरा चिनी बरामत



काठमाडौं । पूर्बी चितवनको खैरहनी नगरपालिका–६ स्थित पुरानो पर्साबजारबाट भन्सार छली ल्याइएको ४२० बोरा चिनी बरामत भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार ५० किलोका ती बोरा पराजुली खाध्य उद्योग अगाडी रोकी राखेको लु २ ख १०३२ नम्बरको ट्रकबाट बरामत गरिएको हो ।

१८ लाख ६९ हजार बराबरको चिनी बरामत गरिएको प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीले जानकारी दिए ।

चिनीसहितको ट्रक र त्यसका चालकलाई आबश्यक कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालयमा पठाईएको उनले जानकारी दिए ।


क्लिकमान्डु