फर्स्ट माइक्रोफाइनान्सको नाफा ८७.८२% ले बढ्यो



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा फस्र्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले २६ करोड ८८ लाख ८३ हजार रूपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ८७.८२ प्रतिशतले बढी हो ।

गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ३१ लाख ६२ हजार रूपैयाँ मात्रै नाफा कमाएको गरेको थियो ।

असार मसान्तसम्म कम्पनीको खुद ब्याज आम्दानी ४२ करोड ७२ लाख ९५ हजार रूपैयाँ रहेको छ । लघुवित्तको खुद ब्याज आम्दानी ६०.८४ प्रतिशत बढेको हो । गत आवको सोही अवधिमा २६ करोड ५६ लाख ५७ हजार रूपैयाँ रहेको थियो ।

गत आवको यसै अवधिको तुलनामा लघुवित्तको सञ्चालन मुनाफा ९०.७२ प्रतिशत बढेको छ ।

सञ्चालन मुनाफा ३८ करोड ८४ लाख ६४ हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २० करोड ३६ लाख ८५ हजार रूपैयाँ थियो ।

९६ करोड ४४ लाख ९२ हजार रूपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा २१ करोड ४ लाख ४० हजार रूपैयाँ रहेको छ । गत आवको तुलनामा कम्पनीको जगेडा कोष १० प्रतिशतले बढेको हो भने जगेडा कोष ६६.२५ प्रतिशतले बढेको हो ।

कम्पनीको प्रतिसेयर आम्दानी २७ रूपैयाँ ८८ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १४५ रूपैयाँ ६९ पैसा रहेको छ ।


क्लिकमान्डु