बीओकेका ग्राहकले बायो डाइग्नोष्टिक प्याथ ल्यावमा २५ प्रतिशत छुट पाउने



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले बायो डाईग्नोष्टिक प्याथ ल्यावमा २५ प्रतिशत छुट पाउने भएका छन् ।

बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा २५ प्रतिशत छुट पाउने छन् । छुट उपयोग गर्नका लागि बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गर्नुपर्नेछ ।

बायो डाईग्नोष्टिक प्याथ ल्याव नेपालले ललितपुरको ग्वार्को र काठमाडौंको सुकेधाराबाट सेवाग्राहीलाई ल्याव सम्बन्धी गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु