गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग भयो ‘डिजी बटुवा’



काठमाडौं । गरिमा विकास बैंकले मोबाइल बैकिङ्ग एपलाई नयाँ ओम्नी च्यानल डिजिटलमा स्तरोन्नति गरेको छ ।

यससँगै, अब यस विकास बैंकको मोबाईल बैकिङ्ग एपको नाम ‘गरिमा स्मार्ट’बाट परिवर्तन भई ‘डिजि बटुवा’ भएको छ ।

‘डिजि बटुवा’ अन्तर्गत यस विकास बैंकका ग्राहकहरुले ‘एपमा पनि, अनि वेबमा पनि’ एउटै युजरनेम र पासवर्ड प्रयोग गरी विभिन्न सुविधाहरु जसअन्तर्गत सजिलै पैसा ट्रान्सफर, विभिन्न बिल भुक्तानीहरु, मोबाइल टप–अप, बैंक ईस्टेटमेन्ट, चेक ईस्टेटमेन्ट रिक्वेस्ट, क्यु.आर. पेमेन्ट ईत्यादिको सजिलै प्रयोग गर्न सक्नेछन् ।

साथै, स्तरोन्नती पश्चात यस विकास बैंकको मोबाइल बैकिङ्ग एप ‘डिजि बटुवा’ अझ बढी सुरक्षित एवं ग्राहकमैत्री भएको छ ।

बैंकका ग्राहकहरुले सजिलै प्लेस्टोर तथा एपस्टोरबाट यो एप डाउनलोड गरी प्रयोग गर्न सक्नेछन् । विकास बैंकले ग्राहकमैत्री प्रविधिहरु भित्राउने क्रममा पछिल्लो वर्ष पनि विना चेकबुक शाखाबाट मोबाइल बैकिङ्गमार्फत् पैसा निकाल्न मिल्ने गरिमा स्मार्ट टेलर लिएर आएको थियो ।

हाल, गरिमा विकास बैंकले नेपालभर १२० शाखा कार्यालय, १ एक्स्टेन्सन काउण्टर तथा ५१ एटिएमबाट बैकिङ्ग सेवा दिँदै आएको छ ।


क्लिकमान्डु